काठमाडौं । बलात्कार र हत्या आरोप लागेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जनले झण्डै पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद गर्न लागेको पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार उनीबारे गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । उनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको भेटिँदैन, जबकि ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।
सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड नगदै भुक्तानी गरेको खुलको छ ।
उनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्नेगरेको सीआईबी बताउँछ ।
यो पनि…
अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप
श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन
‘लिटल बुद्ध’को ऐयासी जीवन: ‘पाँच करोडको गाडी, घरमा भेटियो पैसाको चाङ’
‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा
प्रतिक्रिया