अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप

अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यौनशोषण तथा हत्याआरोपी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी अन्ततः मंगलबार सफल भएको छ।

लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो।

पटकपटक प्रहरीलाई चक्मा दिएर टाउको दुखाइ बनेका उनी आफूलाई तपस्वी भएको दाबी गर्थे । पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा थिए।सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

बमजनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।

उनी चर्चामा कसरी आए भन्ने विषय भने निकै रोचक र अपत्यारिलो छ । मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बम्जनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए ।

आरोपहरू के छन् ?

बम्जनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै उनीमाथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ ।

हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बम्जनको आश्रमबाटै हराएको भनेर उजुरी परेको थियो । प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबा थिए ।

त्यस्तै, बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराइरहेका आफन्तको खोजी गरिदिन सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

२०७२ सालको भूकम्पअघि नै सिन्धुपाल्चोकस्थित आश्रममा गएका पिता कर्म वाइबाले आश्रमबाट फर्कन्छु भनेर फोन गरे पनि नफर्किएको र त्यसको एक महिनापछि हेटौँडास्थित प्रहरी कार्यालयमा उजुरी दिएको उनका छोरा महेन्द्र वाइबाले बताएका थिए ।

बारा जिल्लामै केही स्थानीयहरूमाथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए ।

यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि बम्जनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका थिए ।

यो पनि…

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप

श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन

बम्जनको घरबाट ३ करोड बढी नगद बरामद

‘लिटल बुद्ध’को ऐयासी जीवन: ‘पाँच करोडको गाडी, घरमा भेटियो पैसाको चाङ’

‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

Recent Comments

No comments to show.