श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन

श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि नेपाल प्रहरीको खोजीमा रहेका लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन परिवारलाई भेटन आउँदा पक्राउ परेको खुलेको छ ।

काठमाडौं बुढानिलकण्ठ वडा नं. ७ मा परिवारसँग बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । 

स्रोतका अनुसार, बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।

बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।

तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।

उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । उनीविरुद्ध सिन्धुपाल्चोक, मकवानपुर र सर्लाहीलगायत जिल्लामा जाहेरी परेको छ ।

यो पनि…

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप

श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन


Recent Comments

No comments to show.