add

थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

११ वैशाख, २०८०

|
410

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर विक्री खुला गर्ने भएको छ कम्पनीले आयोजना प्रभावित क्षेत्र खोटाङका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

उक्त सेयरमा आयोजना प्रभावित खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैददेशिक रोजगारीमा रहेका नेपालीका ७३ हजार ८७५ कित्ता सेयर विक्रीमा ल्याएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन पाउने छन् भने वैदेशिक रोजगारीमा रहेकाले १० कित्तादेखि ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीयले मात्र जेठ ९ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरु र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

कम्पनीले हाल ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत् आयोजना प्रबर्धन गरिरहेको छ । यसको कुल अनुमानित लागत १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ६ लाख रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.