add

तीनवटा संसदीय समितिको बैठक बस्दै






ActPro Nepal

|

२० वैशाख, २०८१

|
109

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनासम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा सार्वजनिक सेवा प्रशारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.