add

छात्रवृत्तिको विवरण पठाउन संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन






ActPro Nepal

|

२० वैशाख, २०८१

|
218

काठमाडौं । काठमाडौं महानगरले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण जेठ २ भित्र अनिवार्य पेश गर्न महानगरभित्रका सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत् उक्त निर्देशन दिइएको जनाएका हुन् । नियमानुसार विवरण पेस नगर्ने विद्यालयलाई अनुमति रद्द या प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

विद्यालयले महानगरको पोर्टलमार्फत् फर्म भरी १० प्रतिशतले हुन आउने छात्रवृत्तिको संख्या भर्नुपर्ने छ । 

महानगरको विद्यालय शिक्षा नियमावलीअनुसार गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको जनाइएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.