add

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, चार जना घाइते






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
487

धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका-५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो। 

झडपमा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। गठबन्धनका दुई जना र एमालेका दुई जना गरी चार जना घाइते भएका हुन्। 

झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका छन्।

उनीहरूको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। एमाले प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीको टोलीले प्रचार गरिरहेको अवस्थामा गठबन्धनका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद भएको थियो। गठबन्धन्का कार्यकर्ताले विवाद सुरु गरेपछि झडपको स्थिति बनेको बताइएको छ। प्रचारमा अवरोध गरेपछि प्रतिवाद गर्न खोज्दा झडप भएको एमाले दार्चुलाले जनाएको छ।

अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्कने क्रममा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी विवाद गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको भनाई छ। झडपपछि प्रहरी टोलीले उम्मेदवारको टोलीलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.