add

नेपालमा विद्युतीय सवारीको प्रमोशन गर्नुपर्छ : कुलमान घिसिङ्






ActPro Nepal

|

३ जेठ, २०८१

|
341

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन्।

विहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए।

‘भन्सारलगायतका विषयहरु छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ। धेरै विषयमा हामी आन्तरिक रुपमा छलफल नै गरिरहेका छौं। राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोशन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ,’ उनले भने, ‘नेपालमा विद्युतीय सवारी साधनको प्रमोशनका कारण राम्रो पिकअप लिएको छ। नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ।’

यस्तै, उनले नेपालमा उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका नीजि क्षेत्रको रहेको पनि बताए।

‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौं। त्यो पुरा गर्नको लागि नीजि क्षेत्र नै हो नेपालमा अहिलेको उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ। तपाईहरुलाई सहजीकरण गर्न हामी सधैँ तयार छौं,’ घिसिङले भने।

अर्बौ रुपैंयाँ वनलाई क्षतीपूर्ती दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाँउमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उनको भनाई छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.