add

अटो क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आयोः नाडा अध्यक्ष चौधरी






ActPro Nepal

|

३ जेठ, २०८१

|
399

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र धराशायी बन्दै गएको बताएका छन् । विहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् ।

अटो व्यवसायमा सुधार आउनु पर्नेमा झन्झन् खस्किँदै गएर व्यवसायी समस्यामा परेको उनले बताए । समग्र अटो व्यापार खस्किँदा व्यवसायीलाई मात्र नभई सरकारलाई समेत घाटा पुगेको उनले बताए ।

‘अहिले सवारीसाधन बिक्री भनेको ईभीको मात्रै हो । अन्य सवारी बिक्री हुन छाडिसकेको छ’ उनले भने, ‘अटो व्यवसायी भेन्टिलेटरमा पुगिसकेका छौं । यहाँबाट माथि उठ्ने कि तल जाने भन्ने थाहा छैन ।’

अटो क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने उनले बताए । सवारी पार्टपूर्जाको अवैध चोरी पैठारी रोक्न सरकारले कडाइका साथ काम गर्नुपर्ने उनले भने ।

‘भन्सार नाकाम गृहमन्त्रालय र अर्थमन्त्रालय बीच समन्वय नहुँदा चोरी निकासी बढेको छ । सरकारले कडाइ गर्नु आवश्यक छ,’ उनले भने । अटो क्षेत्रले अर्थतन्त्रमा ९० अर्ब रुपैयाँ योगदान पुर्याएकोमा अहिले २० अर्बमा झरेको उनको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.