add

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?






ActPro Nepal

|

२ कार्तिक, २०७९

|
827

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता  रामप्रसाद ढुंगानाले मुलुकको आर्थिक रुपान्तरणको लागि राजनीतिमा सक्रिय छन् ।  

उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् ।

लामो समय देखि  राजनीतिक सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट पहिले नै परिचित रहँदै आएको र आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जिम्मेवारी एवं दायित्वलाई ठूलो अवसरको रुपमा लिई सोहीबमोजिम  क्रियाशिल हुने गरेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि ढुंगानाले नुवाकोट निर्बाचन क्षेत्र २ क को प्रदेशसभा सदस्य लागि उमेदवारी दिएका छन् ।  

माओवादी केन्द्र बागमती प्रदेशका निर्बाचित उपाध्यक्ष समेत रहेका रामप्रसाद ढुंगानाको जिल्लाको समग्र विकासमा राजनीतिमा लागेदेखि नै योगदान दिँदै आएका छन् ।

पाँच वर्षसम्म जिल्ला प्रतिनिधि रहँदा विकासका काम उल्लेख्य रुपमा सम्पन्न गरेका ढुंगानाले जिल्लामा विभिन्न ठाँउहरुमा १३ सय किलोमिटर बाटो खोल्ने काम उनीप्रतिनिधि रहेकै बेलामा भएको थियो । 

२०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहनु भो । नुवाकोटमा माओबादी बिस्तारमा राम प्रसाद ढुंगानाको भुमिका अतुलनीय छ ।

विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनी यतिवेला आफ्नो क्षेत्रमा चुनावी प्रचारको तयारीमा व्यस्त छन् ।सो क्षेत्रका जनताले पनि ढुंगानाको उम्मेदवारीलाई लिएर हर्ष व्यक्त गर्ने गरेका छन् । उनले जिल्लामा विकास निर्माणमा जोड दिने, भ्रष्टाचार हुन नदिने र सुशासन कायम गरिने एजेण्डा बोकेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.