add

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने






ActPro Nepal

|

७ चैत, २०८०

|
124

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडीइटी-एस कन्सल्टटेन्सीका परामर्शदाता कुमार श्रेष्ठले जानकारी दिए।

मन्दिरको मुआब्जाका लागि मूल्याङ्कन भैसकेकाले सम्बन्धित समूहले वडाको सिफारिस, समूहको माइन्युटर र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजना समक्ष पेश गर्नुपर्ने छ ।

पश्चिम सडकखण्ड अन्र्तगत दुई लेनको ६ किलोमिटर दूरीमा अस्पाल्ट प्रविधिको कालोपत्र सम्पन्न भएको छ । ‘तनहुँ र कास्की खण्डमा गरी उक्त दुरीमा कालोपत्र गरिएको हो,’ उनले भने, ‘पछिल्लो समय निर्माण कम्पनीले निर्माणको गति बढाएपछि अहिले भौतिक प्रगति १८ प्रतिशत पुगेको छ ।’

उक्त सडकखण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरीमा पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

आयोजनाले निर्माण कम्पनीलाई लक्ष्यअनुरुप कामको गति बढाउन निर्देशन दिएपछि निर्माणले गति लिएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले बताए ।

पश्चिम खण्डका लागि रु ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । पृथ्वीराजमार्ग सडक विस्तार पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भैरहेको छ ।

त्यसैगरी पूर्वी खण्डमा ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अहिले सडकको डिजाइन अनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक बिस्तार भैरहेको छ । दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ ।

आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर बिष्णु पाण्डेले जानकारी दिए। पूर्वी खण्डमा ४१.७ किलोमिटर छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट ६ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.