add

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज, प्रधानमन्त्री दाहाल सहभागी हुने






ActPro Nepal

|

३ वैशाख, २०८१

|
122

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च अधिकारीहरू समेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेडिने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रधानमन्त्री दाहाल सुरूङ ब्रेक थु्रे कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ । 

सोमबारदेखि मुख्य सुरुङ वारपार हुने भएपनि त्यहाँ सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायत काम भने अझै बाँकी छन् । जसकारण सवारी साधन नै सञ्चालन हुने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने आयोजनाले जनाएको छ । 

सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनामा तीन वटा अण्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाइओभर रहेका छन् । आयोजनाले हाल बलम्बुमा फ्लाइओभर निर्माण गरिरहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.