add

कोलकाताले दिल्लीलाई १०६ रनले हरायो






ActPro Nepal

|

२२ चैत, २०८०

|
95

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडरले दिल्ली क्यापिटललाई १०६ रनले पराजित गरेको छ। कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली १६६ रनमा अलआउट भएको हो।

पहिले ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो। केकेआरका लागि सुनिल नराइनले ३९ बलको सामना गर्दै सर्वाधिक ८५ रन बनाए।

यस्तै अंकृश रघुवंशीले ५४ रन बनाए भने आन्द्रे रसेलले ४१ रन प्रहार गरे। रिंकु सिंह २६ रन बनाएर आउट हुँदा फिल साल्ट र श्रेयस एैय्यरले १८/१८ रन जोडेका थिए।

२७४ रनको लक्ष्य पछ्याएको दिल्ली भने १६६ रन बनाएर १७.२ ओभरमै अलआउट भयो। डीसीका लागि कप्तान ऋषव पन्तले ५५ र त्रिस्तान स्टुब्सले ५४ रनको योगदान दिए। अन्य ब्याट्सम्यान खासै चल्न नसक्दा दिल्ली पराजित हुन पुग्यो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.