add

एचआइडीसीएलको खुद नाफा १ अर्ब बढी, प्रतिसेयर आम्दानी बढ्यो






ActPro Nepal

|

२६ वैशाख, २०८१

|
55

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा सामान्य वृद्धि भएको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.९२ प्रतिशतले बढेको छ ।

कम्पनीले चैत मसान्तसम्म १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको चैतसम्म १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशतले बढेर १ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेर १ अर्ब ५८ करोड पुगेको छ भने अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको लाभांशबाट प्राप्त हुने आम्दानी भने १९.३७ प्रतिशतले घटेर १ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल २२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ७९ करोड रुपैयाँ संचित छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि झिनो सुधार आएके छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २७ पैसा बढेर ६.३८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.२२ गुणा छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.