add

आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित






ActPro Nepal

|

१९ चैत, २०८०

|
81

काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो। यससँगै आयरल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ।

२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्यान्ड एक समय ७.१ ओभरमा ४–५२ को नाजुक अवस्थामा थियो।

तर पाचौँ विकेटका लागि मोर्गन टपिङ र ग्यारेथ डेलेनीले १ सय २९ रनको साझेदारी गरेपछि आयरल्याण्डले जितको आधार खडा गरेको थियो।

नेपालका लागि विपिन खत्रीले ३ विकेट, रासिद खानले दुई विकेट लिए। कमल ऐरि र नारायण जोशीले समान १ विकेट आफ्नो नाममा गरे। नेपालको जितमा आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.