add

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

२९ फागुन, २०८०

|
84

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (फागुन २९ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार दुवै कम्पनीको आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।

माउन्टेन इनर्जीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत १३ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।

त्यसैगरी, नेशनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र करसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न लघुवित्तले चैत १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधरण सभा बोलाएको छ ।

दुवै कम्पनीको साधरण सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.