add

मोरङमा किशोरीको हत्यामा संलग्न एकजना पक्राउ






ActPro Nepal

|

२२ फागुन, २०८०

|
100

विराटनगर । मोरङको पथरीशनिश्चरेमा भएको १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । उनलाई बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

मामाको छोराको घरमा बसेर स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हतियार प्रहारले उनको गर्धनसहित शरीरका विभिन्न भागमा गहिरो चोट पाइएको थियो । घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो ।

प्रहरीले हत्यारा  पत्ता लगाउन विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.