add

जापानी विदेशमन्त्री आज नेपाल आउँदै






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
104

काठमाडौं । जापानका विदेशमन्त्री योको कामीकावा आइतबार नेपाल भ्रमणमा आउँदै छिन् । जापानबाट पाँच वर्षपछि विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । कामीकावा माडागास्कार, आइभोरिकोस्ट, नाइजेरिया र फ्रान्स हुँदै श्रीलंकापछि नेपाल आउन लागेकी हुन् ।

विदेशमन्त्री कामीकावाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आइतबारै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेेछिन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्रीको भ्रमणमा दुई देशबीच सम्बन्धका सबै पक्षमा छलफल हुने जनाएको छ । ‘औपचारिक वार्तामा नेपाल जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुनेछ । द्विपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदान–प्रदानबारे कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘जापान हाम्रो विश्वासिलो विकास साझेदार र मित्र हो । दुई वर्षपछि अतिकम विकसित अवस्थाबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा हामीलाई अनुदान र ऋण सहयोग निरन्तर रहोस् भन्ने राख्नेछौँ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.