add

‘मिस नेपाल पिस २०२४’ को घोषणा






ActPro Nepal

|

१० फागुन, २०८०

|
169

काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबिच प्रतियोगिताको ७ औँ संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलावा विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनोट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।

छनोट चरणमा छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप,  पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.