add

राष्ट्रिय सभा निर्वाचनको आज मतदान : १९ सिट, ५१ उम्मेदवार






ActPro Nepal

|

११ माघ, २०८०

|
281

काठमाडौ । राष्ट्रिय सभाका १९ सिटका लागि आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार आगामी २० फागुनमा रिक्त हुने २० मध्ये १९ सिटका लागि आज निर्वाचन हुन लागेको हो । आयोगका अनुसार १९ सिटका लागि ५१ जनाको उम्मेदवारी छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १/१ मतदान स्थल र २/२ मतदान केन्द्र कायम गरिएको छ। २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरुले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।

संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्। 

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मतदान बिहीबार बिहान ९ बजेदेखि सुरु हुने छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेश सभा सदस्यतर्फ ७ वटै प्रदेशमा ५४९ जना मतदाता छन्। 

यस्तै, पालिकातर्फ १ हजार ४९८ जना मतदाता छन्। कुल २ हजार ४७ जना मतदाताले मतदान गर्नेछन्। 

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख तथा उपप्रमुख र उपाध्यक्ष तथा अध्यक्षको मतभार १९ कायम गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.