राष्ट्रिय सभाका लागि राप्रपाले टुंगो लगायो ९ उम्मेदवार, कुन क्लस्टरबाट को?

राष्ट्रिय सभाका लागि राप्रपाले टुंगो लगायो ९ उम्मेदवार, कुन क्लस्टरबाट को?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राप्रपाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको छ। महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ उम्मेदवार हुनेछन्।

गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन्। लुम्बिनी प्रदेशतर्फ अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाका एकएक प्रदेशसभा सदस्य मात्र छन्। उक्त क्षेत्रमा समर्थक र प्रस्तावक भए मात्र उम्मेदवारी दिने राप्रपाको तयारी छ।

यो पनि….

राष्ट्रिय सभा निर्वाचन: यी हुन् कांग्रेसका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: एमालेले पनि टुंग्यायो उम्मेदवार,कहाँबाट को ?

राष्ट्रिय सभाका लागि राप्रपाले टुंगो लगायो ९ उम्मेदवार, कुन क्लस्टरबाट को?

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

Recent Comments

No comments to show.