add

सुनको भाउमा सामान्य वृद्धि,चाँदीको स्थीर






ActPro Nepal

|

४ मंसिर, २०८०

|
222

काठमाडौँ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार सामान्य वृद्धि भएको छ । आइतबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज सोमबार १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ आइतबार १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८२ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.