add

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
224

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई असोज २६ गते शुक्रबार एफपीओ बिक्री गर्न अनुमति दिएको थियो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१.१८ एफपीओ बिक्रीमा ल्याएको हो ।

लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर हिस्सा मिलाउन एफपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ बैंकिङ लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.