add

टेलिकमले सुरू गर्‍यो उच्च गतिको एफटीटीएच इन्टरनेट, स्पीड १ जीबीपीएस






ActPro Nepal

|

२६ साउन, २०८०

|
397

काठमाडौं । नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जीबीपीएस) अर्थात् १००० मेगावाइट पर सेकेन्ड (एमबीपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटीटीएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ ।

यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबिपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । सो सेवा ५०० एमबीपीएस र एक जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ ।

प्रिमियम एफटीटीएच ५०० एमबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । प्रिमियम एफटीटीएच एक जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा एक टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।

दुवै प्याकेजमा एउटा आइपीटीभी, सिपीइ र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक रु ८० हजार र १ जीबीपीएसको ‘प्रिमियम एफटिटीएच एक जिबीपीएस’ प्याकेज वार्षिक रु १ लाख १० हजारमा उपलब्ध हुनेछ ।

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी)मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ । हालका लागि काठमाडौँ उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.