add

टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ






ActPro Nepal

|

१ जेठ, २०८०

|
295

काठमाडौं ।  पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । 

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी प्रहरीले खोजी थालेपछि सोही स्थानबाट सम्पर्कविहीन भएका थिए । उनी छिमेकी राष्ट्र भारत भागेको हुनसक्ने समाचारहरु पनि बाहिरिएका थिए । 

यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने पक्राउ गरिसकेको छ । 

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारइन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले आइतबार मात्र दोस्रोपटक चार दिनको म्याद पाएको छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.