add

नक्कली शरणार्थी प्रकरण : सन्दीपलाई तीन दिन म्याद थप, टोपबहादुर अझै पक्राउ परेनन्






ActPro Nepal

|

२१ वैशाख, २०८०

|
558

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीलाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। 

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि रायमाझीलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरेको थियो। उनलाई बिहीबार बिहान काठमाडौं ल्याएर जिल्ला अदालतमा पेश गरिएको हो। 

रायमाझी नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीका छोरा हुन्। सांसद रायमाझीलाई पनि पक्राउ पूर्जी जारी भएको छ। यद्यपि अहिलेसम्म उनी पक्राउ परिनसकेको प्रहरीले जनाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.