add

अयोग्य लडाकुलाई गर्ने सहयोगबारे नकारात्मक नबन्न गृहमन्त्री श्रेष्ठको आग्रह






ActPro Nepal

|

१७ वैशाख, २०८०

|
245

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अयोग्य लडाकुहरुको लागि भनेर ल्याइएको विधेयकप्रति सबैलाई सकारात्मक हुन आग्रह गरेका छन् । 

जनकपुरमा आयोजित शान्ति सुरक्षासम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनलडाकुहरुका पक्षमा गरिएको काम शान्ति सम्झौता हुँदा समेट्न छुटेको विषय भएको भन्दै यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘लोकतान्त्रिक प्राप्तिको लागि गरिएको जनआन्दोलनमा लडाकुहरुका पक्ष २ लाख दिने भन्दा बहस भएको छ । शान्ति सम्झौता गर्दा गर्नुपर्ने पक्ष जुन छुटेको पक्ष हो । यसलाई सबैले सकारात्मक लिएर सहयोग गर्नुहुने विश्वास राख्छु ।’ 

गृहमन्त्री श्रेष्ठले राष्ट्र र जनताको सेवाका निम्ति प्रहरी प्रशासन भन्ने मूल मान्यताका साथ कार्यपद्धति र संस्कृतिमा परिवर्तन गर्ने संकल्प गरेको पनि बताए । उनले भने, ‘एउटा संकल्प यो सुरक्षा बैठकले गरेको छ, हामीले राष्ट्र र जनताको सेवाका निम्ति प्रहरी प्रशासन भन्ने मूल मान्यतालाई केन्द्रित गरेर हाम्रो कार्य पद्धति र संस्कृतिमा परिवर्तन गर्छौ र जनताले त्यो अनुभव गर्न पाउने गरी व्यवहारमा परिवर्तन गर्छौ भन्ने हाम्रो संकल्प रहेको छ ।’ 

गृहमन्त्री श्रेष्ठले बैठकमा मिटर व्याजी पीडितहरुको हकमा पनि विशेष छलफल भएको र पीडितहरुलाई न्याय दिने पीडकलाई कानूनी कारवाही गर्न गठित आयोगलाई पूरै सहयोग गर्ने र गर्न सक्ने कामहरु गर्दै जाने निर्णय भएको बताए ।  

यसको साथै समाजमा रहेका दलितमाथि भएको विभेद, महिला हिंसा, लागू पदार्थलगायतका सबै घटनाविरुद्ध गम्भीर भएर लाग्न उच्च मनोबल बनाएर अघि बढ्नेबारे पनि छलफल भएको उनको भनाइ छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.