add

उपत्यकामा बढाइयो ट्राफिक जरिवाना :अब यी १६ गल्ती गरे १५०० रुपैयाँ तिर्नुपर्ने






ActPro Nepal

|

१० पुष, २०७९

|
760

काठमाडौं । ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ ।  ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । 

सडक अनुशासन कायम गर्न ट्राफिक जरिवाना वृद्धि गरिएको हो । यातायात व्यवस्था विभागले कसुरका किसिम छुट्टाएर जरिवाना गर्न ट्राफिक प्रहरीलाई अख्तीयारी दिएको हुन्छ । सोही अनुसार पुस ३ गतेबाट जरिवाना वृद्धि गरिएको हो ।

कसुरलाई क, ख, ग, घ, ङ गरी पाँचखण्डमा छुट्टाएर जरिवाना गर्दै आएकोमा ‘ङ’ खण्डमा रहेको १६ गल्तीमा लाग्दै आएको जरिवाना ५ सयबाट बढाएर १ हजार ५०० बनाइएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

अब यी गल्ती गरे १५०० सम्म जरिवाना लाग्ने

१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।

२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ।

३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको ।

४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।

५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएको ।

६. अवस्था ठीक नभएको सवारी चलाएको ।

७. राति बत्ति नबाली सवारी चलाएको ।

८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।

९. नम्बर प्लेट नराखी सवारी चलाएको ।

१०. पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको ।

११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।

१२. लापरवाहीका साथ सवारी चलाएको ।

१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।

१४. स.चा.अ.प., स.द.कि., स.इ.प.साथमा नराखी सवारी चलाएको ।

१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।

१६. ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.