add

गोरखाको ग्रामीण विकासमा मेरो विजय महत्वपूर्ण रहनेछः पराजुली






ActPro Nepal

|

२८ कार्तिक, २०७९

|
333

गोरखा । राजेन्द्र पराजुली एक सफल युवा उद्यमी तथा राजनीतिकर्मी हुन् । लामो समय देखि राजनीति तथा व्यवसायमार्फत सामाजिक उत्थानको लागि काम गर्दै आएका पराजुली यस पटकको निर्वाचनमा गोरखाको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसपटक परिस्थितिवश स्वतन्त्र उम्मेदवारी दिनु आप्mनो बाध्यता भएपनि गोरखाका विकासप्रेमी जनताहरुले विगतमा आफूले स्थानीय जनताहरुको लागि दुखसुखको साथी बनेर पुर्याएको साथसहयोगलाई सम्मान गर्दै मताधिकार मार्फत विजयी गराउने अपेक्षा गरेका छन् ।

गोरखाको विकासलाई अग्रगतिमा अगाडि बढाउनको लागि आफ्नो विजय अपरिहार्य रहने पराजुली बताउँछन् ।

आफूले विगतमा गोरखाको विकासमा पुर्याएको योगदान र व्यक्तिगत स्वभाव एवं चरित्रलाई विचार गरेर गोरखाबासीहरुले आफ्नो स्वविवेक प्रयोग गर्ने पराजुलीको धारणा छ ।

पराजुली एक सङ्घर्षशिल व्यक्ति हुन् । उनले जीवनमा थुप्रै आरोहअवरोहबाट महत्वपूर्ण अनुभव हासिल गरेका छन् ।

आफू लामो समय देखि व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएकोले राजनीतिबाट लाभ लिने कुनै उद्धेश्य नभएको बरु आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई समाज रुपान्तरणको लागि योगदान पुगोस् भन्ने आफ्नो मान्यता रहेको पराजुलीको धारणा छ ।

पराजुली गोरखाका स्थानीय जनताहरुको दिगो आर्थिक विकासकोे लागि लामो समय देखि प्रतिवद्ध रहँदै आएका छन् । स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य उत्पादनहरुलाई सही तवरले बजार व्यवस्थापन गरी मासिक ४०–५० हजार रुपियाँ आर्जन हुने वातावरण निर्माण गरी गोरखाली युवाहरुलाई गाउँकै विकासको लागि योगदान पुर्याउने काममा संलग्न गराउन पराजुली आफ्नो पूरै ध्यान केन्द्रित हुने बताउँछन् ।

सुशासनयुक्त सुुसंस्कृत समाज निर्माणको अभियान नै आफूूहरुको महाअभियान भएको बताउँदै पराजुली हरेक नेपाली युवालाई विकृति विसङ्गति विरुद्ध सचेतना जगाउन विशेष तवरले अगाडि बढाउनुपर्ने उनको धारणा छ । यतिबेला पराजुली गोरखा विकासका यस्तै महत्वपूर्ण एजेण्डा सहित जनताको घरदैलोमा व्यस्त छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.