add

स्पष्टीकरण सोधेकै विषयमा चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी






ActPro Nepal

|

७ कार्तिक, २०७९

|
560

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका विषयमा स्पष्टीकरण सोधेकै विषयमा दलका नेताहरूले चिच्याउन आवश्यक नरहेको बताएका छन्। गण्डकी प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले यस्तो बताएका हुन्। 

आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानुनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट पारे। 

‘स्पष्टीकरण सोध्नु नै आचारसंहिता उल्लंघनकर्तालाई कारबाही भएको नभई निज विरुद्ध परेको उजुरीमा प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौका दिइएको र मौकामा प्रतिक्रिया पेश गरेपछि आयोगले संकलन गरेको प्रमाण र निजले पेस गरेको प्रतिक्रियालाई विश्लेषण गरी आयोगबाट हुने निर्णयलाई मात्रै निजलाई हुने कारबाही ठहर हो,' उनले भने। 

निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका लागि आयोगले फेसबुकको मातृ कम्पनी मेटासँग सहकार्य गरिरहेको जानकारी दिँदै उनले निर्वाचनका बारेमा कसैले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएमा त्यसलाई सामाजिक सञ्जालबाट हटाउनेसम्मको व्यवस्था मिलाइएको बताए। 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आसन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास उनले व्यक्त गरे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.