add

स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिने दोलखाका जगदिश खरेल को हुन ?






ActPro Nepal

|

३ कार्तिक, २०७९

|
621

दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत  मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोलखा जिल्लामामा  प्रतिनिधि सभा तर्फ जगदिश खरेलले उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि समाजसेवामा लागेका खरेलले समृद्ध दोलखा निर्माण गर्ने उदेश्यले उम्मेदवारी दिएको बताउँछन् ।

नेता खरेल कुशल व्यक्ति मात्र नभएर एक कुशल समाजसेवी समेत हुन् । 

उनले नाकाबन्दी, भुकम्प तथा कोरोना महामारी जस्ता विपदको समयमा दोलखाका जनताको साथमा रहेर निरन्तर सेवा गरिरहेका थिए ।

उनी दोलखा जिल्लामा काम गर्न सक्ने, जनताले रुचाएका र सम्भावना बोकेका युवा नेता हुन् ।

लामो समय नेपाली काँग्रेसमा आस्था राखेका उनले पछिल्लो समय पार्टी छोड्न बाध्य बने । 

काँग्रेसले आफ्नो निश्चित स्वार्थ पुरा गर्नका लागि गठबन्धन गरेर विभिन्न पार्टीसँग तालमेल गरी चुनाव जित्ने गलत बाटो अपनाएका कारण स्वतन्त्र तर्फ लागेको खरेलको भनाई छ ।

प्रधानमन्त्री शेरबहादर देउवा पटक–पटक प्रधानमन्त्री हुँदापनि जनतालाई निराशमात्र बनाएको आरोप लगाउँदै उनले देउवाको पेवा काँग्रेस भएको प्रति अक्रोशित बने ।

जति पटक निर्वाचन भयो त्यतिनै निर्वाचित भएका नेताले दोलखावासीलाई ढाँट्दै आएका छन् । त्यस कारण अव एक इमानदार, नैतिकवान र स्पष्ट विचार बोकेको व्यक्तिलाई भोट हाल्नुपर्ने उनको भनाइ छ ।

यस पटक आफु निर्वाचित भएपश्चात दोलखाका जनतालाई भ्रम पैदा गर्ने खालको र लामो समय पर्खन नपर्ने गरी योजनाहरु बनाउने उनको दाबी छ ।

विकाशका पुर्वाधार क्षेत्रमा मात्र नभएर कृषी, पर्यटन तथा उर्जा क्षेत्रमा खनिज पदार्थको उत्खनन् गर्ने, हाइड्रोको माध्यमबाट हजारौँ युवाहरुलाई रोजगारीको सृजना गर्ने र आफु इन्जिनियर भएका कारण कस्तो जिल्ला बनाउने भन्ने स्पस्ट रोडम्याप रहेको उम्मेदवार उनको योजना रहेको छ । 

५ वर्ष भित्रमा खरेलले दोलखा जिल्ला र दोलखाली जनताको मुहार फेर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.