add

श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा






ActPro Nepal

|

२७ भदौ, २०७९

|
278

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमवार बिहान आइपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् । १८ लाख बढीको भने हात रित्तो भएको छ ।

क्यापिटलका अनुसार आइपीओमा १८ लाख ३८ हजार ७५१ जनाले १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको लागि आवेदन दिएका थिए।

सोमध्ये १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ । योग्य १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको क्यापिटले जनाएको छ ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण भएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक सनराइज क्यापिटल वेबसाइट र श्रृजनशील लघुवित्त वित्तीयको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.