add

कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत बढ्यो






ActPro Nepal

|

१८ साउन, २०७९

|
736

काठमाडौं ।कुमारी बैंककाे खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४३.८७ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८६ करोड बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेर ६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

हाल १४ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६१ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ७७ करोड र सेयर प्रिमियममा ८ करोड ८८लाख रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले १२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १४.२० रुपैयाँबाट बढेर १९.२७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.९१ गुणा, खराब कर्जा ०.९६ प्रतिशत, बेसरेट १०.५७ प्रतिशत, स्प्रेडदर ४.३६ प्रतिशत र सीडी रेसियो ८५.१२ प्रतिशत रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.