add

प्रभु बैंकका ग्राहकले समर्पण हेल्थ केयरमा आकर्षक छुट पाउने






ActPro Nepal

|

१२ साउन, २०७९

|
931

काठमाडौं । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परीक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट पाउने छन् ।

यस्तै, फार्मेसी, ऐस्थेटिक, ईसीजी, रेडियोलोजी ९यूएसजी तथा ईसीओ० सेवामा १० प्रतिशत छुट हुनेछ । यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गर्ने समर्पण हेल्थ केयर सेन्टरदेखि २ किमीभित्र होम डेलिभरीको व्यवस्था गरिएको छ ।

प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.