add

राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्री बस्नेत मनोनित






ActPro Nepal

|

७ साउन, २०७९

|
1045

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सह-महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन् ।

अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनित गरेका हुन ।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे ।

राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए ।

आगामी दिनमा आबश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.