add

तरलता सहज नभएपछि चैतमा पनि ब्याजदर नबढाउने बैंकर्स संघको निष्कर्ष






ActPro Nepal

|

२९ फागुन, २०७८

|
1098

काठमाडौं ।  वाणिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले चैत्र महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेकाे छ । 

तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । सहमति अनुसार वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिनेछ ।

फागुनको लागि पनि निक्षेपमा नयाँ ब्याजदर त्यति नै रहेको थियो । ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा शुक्रबार साँझ २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेको थियो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । पछिल्लो केही महिना यता लगानी योग्य रकम ९तरलता०को अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.