add

‘पूँजीगत खर्च समयमै गर्न सकियो भने आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल






ActPro Nepal

|

२७ फागुन, २०७८

|
956

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पूँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताएका हुन् ।

‘निजी क्षेत्रले दशकौदेखि उठाउँदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पूँजीगत खर्चको खर्च प्रकृया परम्परागत छ । फागुनसम्म जम्मा १९ प्रतिशत पूँजीगत खर्च भएको तथ्याङ्क छ । यसलाई सुधार नगरी आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्दैन,’ उनले भने ।

कोभिडपछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के के उपायहरू हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउदै, वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराए ।

उनले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेसहोल्ड राखेर सीमित अवधिको लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने बताए ।

‘पर्यटन पूर्वाधारको विकास तथा अन्य परियोजनाहरूमा ५० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्र्याउने गैर आवासीय नेपालीहरूलाई कुनै निश्चित समयको सिमा राखेर कर छुट तथा अन्य सुविधाहरू दिन सकेमा यसबाट पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी, सरकारलाई थप कर तथा राजश्व संकलन लगायत बहुआयामिक फाइदाहरू लिन सकिन्छ,’ उनले भने ।

उनले राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताएका छन् ।

‘केही वर्ष अगाडि मलेसियाका पूर्व प्रधानमन्त्री डा महाथिर मोहम्मद नेपाल आउनुभएको थियो । त्यसबेला मैले उनलोई काठमाडौका केही स्थानहरू घुमाउने अवसर पाएको थिए । त्यसबेला मैले उनलोई सोधेको थिए – प्रधानमन्त्रीज्यू छोटो समयमै मलेसियाले गरेको विकासको रहस्य के हो ? उनको जवाफ थियो, राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन । उनको थप भनाइ थियो – राज्य लगानी विनाको साझेदार हो ।’

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले रेमिट्यान्सलाई औपचारिक रुपमा नेपाल ल्याउन वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई नगद प्रोत्साहन तथा इन्सेन्टिभ दिनुपर्ने बताएका छन् ।

पोखरा आन्तरिक पर्यटनको हव बन्दै गएको बताउँदै कोभिडपछि पोखराको आर्थिक गतिविधि पुन लयमा फर्किन लागेको बताएका । ‘मुलुकका प्रायजसो सबै ठूला शहरहरूबाट पोखरामा प्रत्यक्ष हवाई सम्बन्ध विस्तारसँगै पोखरा आन्तरिक पर्यटकको हव बन्न गएको छ । यसले विगत २ वर्षको कोभिडको प्रभावलाई विस्तारै कम गर्दै गएको महशुस मैले गरेको छु । यसले हामी व्यवसायीहरूलाई नयाँ उत्साह प्रदान गरेको छ,’ उनले भने ।

लेखनाथ महोत्सवले आन्तरिक उत्पादनलाई पबद्र्धनमा सहयोग पुग्ने बताउँदै उनले लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघहरूलाई प्रेरणाको स्रोत भएको समेत बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.