add

विश्व बल्लभलाई ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’






ActPro Nepal

|

२२ फागुन, २०७८

|
883

काठमाडौं ।  यस वर्षको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८’मा गीतकार विश्व बल्लभलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।

विन्ध्यावासिनी फाउन्डेसन र विन्ध्यवासिनी म्यूजिक कम्पनीले शनिबार राजधानीमा आयोजना गरेको ८ औं वार्षिक भेलाले गीतकार बल्लभलाई एक लाख रुपैंयाँ राशीको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो ।

भेलाले ‘विन्ध्यावासिनी संगीत साधना सम्मान २०७८’ लोक तथा आधुनिक गायिका तारा थापालाई सम्मान प्रदान गर्ने भएको छ । यो सम्मानको पुरस्कार राशी ५० हजार रुपैंयाँ रहेको छ ।

त्यसैगरी फाउन्डेसनका सल्लाहकार तथा गायक प्रेमध्वज प्रधानको नामबाट ‘प्रेमध्वज संगीत रत्न सम्मान’ स्थापना गर्दै यो सम्मान गायक अजर जंगमलाई प्रदान गर्ने घोषणा गरिएको छ । सम्मानको राशी २५ हजार रुपैंयाँ छ ।

यसैगरी २५ हजार रुपैंयाँ राशीको ‘विन्ध्यावासिनी कला पत्रकारिता सम्मान २०७८’ बाट पत्रकार श्याम स्मृतलाई सम्मान गर्ने निर्णय गरेको छ ।

१२ औं संस्करणको अवार्ड आगामी चैत २६ गते राजधानीमा आयोजना हुँदैछ । आयोजक संस्थाका सुवास रेग्मीले स्रष्टाको सम्मानका लागि आफुहरुले पारदर्शी किसिमले काम गरिरहेको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.