add

एमाले जनसंगठन समन्वय संयन्त्रकाे बैठक आज






ActPro Nepal

|

१५ माघ, २०७८

|
778

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज शनिबार दिउँसाे बस्ने भएको छ। 

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसाे ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएकाे थियाे । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वकाे संयन्त्रकाे बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिकाे बैठकले फागुन मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.