add

फोटोसहितको मतदाता नामावलीमा तपाईको नाम छ कि छैन ? यसरी हेर्नुहोस्






ActPro Nepal

|

१८ पुष, २०७८

|
383

काठमाडौं ।  निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर दोस्रो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गरिरहेको छ ।

आयोगले स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको हो । उक्त कार्यक्रम पुस २० गतेसम्म चल्नेछ ।

१६ बर्ष उमेर पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम समाबेश गर्न सक्ने छ्न भने १८ बर्ष पूरा भएपछी मतदानमा सहभागी हुनसक्ने छ्न ।

एउटा स्थानीय तहमा कम्तीमा १० दिन र बढीमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने छ । तर पहिला मतदाता नामावली बनाइसक्नु भएको छ भने फेरि बनाइराख्नु पर्नेछैन् । तपाइको नाम छ कि छैन् भनेर आफैले हेर्न सक्नुहुनेछ ।

मतदाता नामावलीमा नाम समाबेश गर्न चाहिने प्रमाणहरु :

१) सम्बन्धित जिल्लाको नागरिकता प्रमाणपत्र हुनुपर्ने छ ।

२) अन्यत्र जिल्लाबाट जारी भएको नागरिकताको हकमा बसाईसराइ प्रमाणपत्र अनिवार्य हुनुपर्ने छ ।

३) नवबिबाहितको हकमा बिबाह दर्ता अनिवार्य हुनुपर्ने छ ।

नोट: मतदाता नामवली अन्यत्र जिल्ला/क्षेत्र बाट सार्नुपर्ने भएमा माथिका प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नु पर्ने छ ।

कसरी हेर्ने त ?

मतदाता नामावलीमा तपाइको नाम छ कि छैन यहाँ क्लिक गर्नुहोस्

१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

२. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवर छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.