add

इंग्ल्यान्ड जाने नेपाली फुटबल टिमको बिदाई, यस्तो छ टिम






ActPro Nepal

|

१८ वैशाख, २०८१

|
170

काठमाडौं ।  ग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशिक्षक भिसेन्जो एल्बर्टोले किरण लिम्बुको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेका हुन्। करिब एक साता बन्द प्रशिक्षण गरेपछि मुख्यप्रशिक्षकले टिम छनोट गरेका हुन्।

घोषित टिममा गोलरक्षकहरूमा अभिषेक बराल र विशाल सुनार, रक्षकहरूमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन्।

यस्तै, मिडफिल्डरहरूमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बू छन् भने दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट स्ट्राइकरमा रुपमा टिममा छन्।

इंग्ल्यान्ड जाने राष्ट्रिय टिमलाई सोमबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ पनि गरेको छ। अध्यक्ष पंकजविक्रम नेम्वाङले कोभिडपछि रोकिएर निकै लामो प्रयासपछि नेपालको टिम इंग्ल्यान्ड ‘सी’ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बताए।

‘निकै लामो प्रयासका बाबजुद नेपालको टिम इंग्ल्यान्ड ‘सी’ टिमसँग यो मैत्रीपूर्ण खेल हुन लागेको छ । यो प्रयास पहिलेको कार्यसमितिले थालनी गरेको थियो, कोभिड आयो त्यसपछाडि भएन,’ उनले भने, ‘अब चाँडै सफल हुँदैछ, यसमा प्रयास गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु।’

अध्यक्ष नेम्वाङले खेलकुदको माध्यमबाट दुई देशको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । सहभागी खेलाडीहरुलाई देशको प्रतिनिधित्व गर्दै राम्रो खेल्नका साथै आफ्नो सम्बन्ध र भाइचाराको निम्ति अगाडि बढ्न आग्रह गरे।  

‘तपाईहरु जो जो जाँदै हुनुहुन्छ देशको प्रतिनिधित्व गरेर जानु हुनेछ । देशको प्रतिनिधित्व गर्दै राम्रो खेल्नु हुनेछ थाहा छ । तर, आफ्नो सम्बन्ध भाइचाराको निम्ति पनि आफ्नो व्यवहार बढाएर आउनुहोला,’ विदाई गर्दै नेम्वाङले भने।

नेपालले वैशाख २४ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.