add

झिनो अंकले घट्यो नेप्से, परिसुचक २३८५ अंक पुग्दा २ अर्ब ४६ करोडको कारोबार






ActPro Nepal

|

५ पुष, २०७८

|
827

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १७.९३ अंकले घटेर २३८५.८१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३१ कम्पनीको २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये ११ वटाको परिसूचक राताम्मे भएका छन् भने २ वटा हरियो भएको छ । । धेरै गुमाउने विकास बैंकका लगानीकर्ता रहेका छन् ।

तीव्र उतारचढाव बीच बैंकिङ ७ होटल तथा पर्यटन ४५, निर्जीवन बीमा १७०, विकास बैक ९२, जलविद्युत ५२, अन्य समूह ३८, जीवन बीमा १०६ अंकले घटेको छ ।

माइक्रोफाइनान्स ६ र उत्पादन समूह १९४ अंकले बढेको छ । दोहोरो अंकले घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ ।

गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ । हिमालयन डिष्ट्रिलरीको १८ करोडको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.