add

लघुवित्तको एकीकृत निर्देशन परिमार्जन,के-के छन् नयाँ व्यवस्था ? (पूर्णपाठसहित)






ActPro Nepal

|

७ मंसिर, २०७८

|
908

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरुको एकीकृत निर्देशन परिमार्जन गरेको छ । बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशन २०७७ मा संशोधन गर्दै नयाँ व्यवस्थाहरु थप गरेको हो ।  

नयाँ निर्देशिका अनुसार लघुवित्तहरुले आर्थिक वर्ष २०७८/७९ मा र सो पछिको वित्तीय विवरणहरु नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार गर्नु पर्ने छ ।  

त्यस्तै, संशोधन गरिएको नयाँ व्यवस्थामा आम्दानीको विवरणमा लेखाङकन भएको आयलाई वितरण गर्दा वितरण हुने रकमको २० प्रतिशत रकम रिजर्भमा जम्मा गरि बाँकी ८० प्रतिशत मात्र वितरण गर्न पाउनेछन् ।  

साथै, लघुवित्तहरुले आफ्नो कारोबारसँग सम्बन्धीत जोखिमलाई ६ वटा शिर्षकमा वर्गिकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । जसमा कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम र अन्य जोखिम गरि वर्गिाकरण गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ । 

हेर्नुहोस्, पूर्णपाठ  




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.