add

पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ? यी सात कुरामा ध्यान दिनुहाेस्






ActPro Nepal

|

५ भदौ, २०७८

|
2137

काठमाडौं  ।  पहिलो पटकको सेक्स सबैका लागि विशेष हुन्छ। यसलाई यादगार बनाउने सबैको इच्छा हुन्छ। पहिलो पटकको सेक्समा उत्सुकता हुनु स्वभाविक नै हो। पार्टनरले पहिलो पटकको सेक्स विशेष बनाउन चाहन्छ ता कि यौनजोडीमा त्यसको सकरात्मक असर परोस्।

अचेलका युवा पुस्ता सेक्सलाई लिएर उदार छन्। केही त ‘लिभ इन’ सम्बन्धमा समेत बसेका हुन्छन्। प्रेमी–प्रेमिकाबीच पनि यौन सम्बन्ध अचेल सामान्य नै मानिन थालिएको छ। यदी तपाई पनि यस्तो सम्बन्धमा हुनुहुन्छ र पहिलो सेक्सको बारेमा सोच्दै हुनुहुन्छ भने यहाँ दिइएका केही टिप्स अपनाउनुस् जसले त्यो पललाई जिन्दगीभरको यादगार पल बनाउनुका साथै आनन्दमय पनि बनाउने छ।

मानसिकरुपमा तयार रहनुस्

पहिलो पटक सेक्सको आनन्द लिने तयारी गर्दै हुनुहुन्छ भने त्यसका लागि मानसिकरुपमा तयार हुनु आवश्यक छ। सेक्सलाई लिंग र योनीको मिलनको रुपमा मात्र नलिनुस्। यसले सेक्स गर्दा पीडा मात्र दिन्छ। पहिलो पटकको सेक्समा केही डर तथा असहज महसुस हुने हुँदा दुवैजना भावनात्मकरुपमा एकअर्कासँग नजिकिनु आवश्यक हुन्छ। सेक्स गर्नुअघि दुवैजना कुराकानी गर्नुस् ता कि मानसिक रुपमा तयार हुन सकियोस्।

नर्भस हुनु प्राकृतिक

पहिलो सेक्सलाई लिएर नर्भस हुनु प्राकृतिक नै हो। तपाईको धड्कन बढ्नु, चाँडोचाँडो प्यास लाग्नु सामान्य नै हो। पहिलो सेक्समा जो कोही नर्भस हुन्छ। यो तपाईको जीवनको एक महत्वपूर्ण क्षण पनि हो त्यसैले यसलाई यादगार बनाउन खुलेर प्रस्तुत हुनुस्। सेक्स गर्दा गहिरो र लामो सास लिनुस्।

सेक्सका लागि पूर्वतयारी गर्नुस्

पहिलो पटक सेक्स गर्न जाँदै हुनुहुन्छ भने आफूलाई सेक्सी भएको मशसुस गर्नुस्। दुवैजनाले सेक्सअघि सरसफाइमा ध्यान दिनुस्। सेक्सअघि नुहाउनुस्, पुरुषले सेभिङ गर्नुस्, दुवैजनाले दाँत माझ्नुस्, राम्रो खालको सेन्ट प्रयोग गर्नुस्। महिलाले ट्रान्सपेरेन्ट भित्रि वस्त्र लगाउन सक्नुहुन्छ। यसले दुवैलाई सेक्सका लागि अझ आकर्षित गर्छ।

‘फरप्ले’ र ‘आफ्टरप्लेमा’ ध्यान दिनुस्

सेक्स गर्नुअघि फरप्ले अति आवश्यक छ। फरप्ले भन्नाले सेक्सअघि पार्टनरलाई उत्तेजित गराउनु भन्ने हो। यसले सेक्सलाई अझ आनन्दमय बनाउँछ। सेक्सअघि अंगालो मार्नुस्, किस गर्नुस्, एकअर्काको शरीरका संवेदनशिल अंग सुम्सुम्याउनुस्। सेक्सपछि पनि चाँडै अलग नहुनुस्। केही समय एकअर्काको अंगालोमै बस्नुस्, कुरा गर्नुस्, शरीर सुम्सुम्याउनुस्।

लुब्रिकेन्ट्स साथमा राख्नुस्

पहिलो पटकको सेक्स गर्दै हुनुहुन्छ भने साथमा लुब्रिकेन्ट्स पनि अवश्य राख्नुस्। पहिलो पटकको सेक्समा पीडा हुनसक्छ। यस्तोमा आफ्नो यौन अंगमा लुब्रिकेन्ट्सको प्रयोग गर्नुस् जसले लिंगलाई सहजै योनीमा प्रवेश गराउन सकिन्छ र त्यति पीडा पनि हुँदैन।

कन्डमको प्रयोग गर्नुस्

यदी तपाई बच्चा चाहनुहुन्न र सुरक्षित यौन सम्बन्ध बनाउन चाहनुहुन्छ भने साथमा कन्डक पनि बोक्नुस्। यसले अनिच्छित गर्भाधारणबाट मात्र होइन यौनरोग लाग्नबाटसमेत जोगाउँछ।

पहिलो सेक्समा ब्लिडिङ हुन्छ नै भन्ने छैन

आज पनि धेरै मानिसको धारणा यही छ कि पहिलो सेक्समा महिलामा ब्लिडिङ हुन्छ भन्ने। यसलाई धेरैले भर्जिनिटीसँग दाँज्छन्। तर, यो गलत हो। ब्लिडिङ हुने वा नहुने हाइमनु मा निर्भर हुन्छ। आजकाल महिलाहरु थुप्रै शारीरिक अभ्यासमा सहभागी हुन्छन्। जस्तो साइक्लिङ, डान्सिङ, स्विमिङ या अरु नै स्पोर्टस्। यस दौरान उनीहरुको हाइमनु च्यातिन सक्छ। त्यसैले पहिलो सेक्समा ब्लिडिङ भएन भने महिलाको क्यारेक्टरमाथि प्रश्न नउठाउनुस्। यो सोच मनबाटै निकालिदिनुस्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.