add

टन्सिललाई सामान्य नठान्नुहोस्, यसले तपाईँको ज्यान लिन सक्छ !






ActPro Nepal

|

६ भदौ, २०७८

|
1270

काठमाडौं  ।  घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ ।

घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या नै टन्सिल हो। 

टन्सिल भएको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्छन्।

टन्सिल बढ्दै गएमा टन्सिलबाट पिप निस्कने समस्या (पेरिटन्सिलार एब्सिस) हुने गर्दछ। यस्तो समस्या साधारणतया भाइरसको सङ्क्रमणका कारणले हुने गर्दछ। 

तथ्याङ्क अनुसार टन्सिलाइटिसका कुल बिरामी मध्ये ५ देखि ४० प्रतिशतमा मात्र ब्याक्टेरियाको सङ्क्रमण भएको पाइन्छ।

विश्वभरका मानिसहरूमध्ये करीब ७.५ प्रतिशत मानिसहरूलाइ तीन महिनाको अवधि भित्र घाँटी दुख्ने समस्या हुने गरेको पाइन्छ। 

त्यस्तै प्रत्येक वर्ष करीब २ प्रतिशत मानिसहरू टन्सिलाटिसका कारण अस्पताल पुग्ने गरेको पाइन्छ।

यो रोग विद्यालय जाने उमेरका बालबालिकाहरूमा साधारणतया रूखहरूको पात झर्ने समय तथा हिउँदका महिनाहरूमा बढी मात्रामा देखा पर्ने गर्दछ ।

धेरै मानिसहरूले औषधि प्रयोग नगरी पनि यो रोगबाट छुटकारा पाउने गरेका छन्  करीब ४० प्रतिशत मानिसहरूमा टन्सिलको लक्षण तीन दिनमा हराएर जान्छ र स्ट्रेप्टोकक्कस ब्याक्टेरियाका कारणले यो रोग लागेको भए पनि ८० प्रतिशत मानिसहरूमा यसका लक्षणहरू हराउने गरेको पाइन्छ।

एन्टिबायोटिक औषधिको प्रयोग गरेर लक्षणको अवधिलाई १६ घण्टा कम गर्न सकिन्छ ।

 यसका कारणले हुने पीडा कम गर्न पारासिटामोल (एसिटामिनोफेन) तथा आइबुप्रोफेन जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ।

स्ट्रेप थ्रोअट भएको छ भने पेनिसिलिन नामको एन्टिबायोटिक मुखबाट दिन सिफारिस गरिएको छ।

पेनिसिलिनको एलर्जी भएका मानिसहरूलाई सेफालोस्पोरिन वा म्याक्रोलाइड दिन सकिन्छ।

लगातार रूपमा टन्सिलाइटिस हुने बालबालिकाहरूमा टन्सिलको सल्यक्रिया गरेर भविस्यमा हुने यसको जोखिमलाई केही मात्रामा घटाउन सकिन्छ।

त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन्। 

डा रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन÷लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउछन्। 

उनका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ ध्यानाकर्षण गराइन् । 

उनका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको ज्यान जाने गरेको जनाइएको छ ।  वार्षिक ८०० मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था रहेको छ ।  हजारौँ मासिन यस रोगबाट प्रभावित रहेका छन् । 

सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ–मुटुरोग बारे मुलुकका ९९ प्रतिशतलाई जानकारी नभएको चिसिकत्सकहरुको भनाई छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.