add

भिटामिन ‘डी’को अभाव भएका बच्चामा हृदय रोगको जोखिम उच्च






ActPro Nepal

|

४ भदौ, २०७८

|
606

काठमाडौं । सानो उमेरबाट नै भिटामिन ‘डी’ को कमी भएका बच्चामा हृदररोगको जोखिम हुने अध्ययनले देखाएको छ । बच्चाले सुरुदेखि नै पर्याप्त भिटामिन-डी पाएमा भविष्यमा मोटोपना, हृदय रोग, स्ट्रोक र टाइप-२ मधुमेह हुने जोखिम कम हुने अमेरिकाको मिशिगन विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् ।

भिटामिन ‘डी’को कमी भएमा बच्चामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढ्छ । जसकारण उनीहरू १६ देखि १७ वर्ष पुग्दा रगतमा चिनीको स्तर, कोलेस्ट्रोल र फ्याटको मात्रा बढ्न थाल्छ ।

चिलीको मध्यम-आय भएको एक सहरका १८ सय केटा-केटीहरूमा भिटामिन ‘डी’को अभाव हुँदा देखिने जोखिमको विषयमा बुझ्नका लागि अध्ययन गरिएको थियो ।

वैज्ञानिकहरूका अनुसार भिटामिन ‘डी’को पर्याप्त मात्राले फ्याट सेलहरू बन्ने प्रक्रियामा अवरोध पुर्‍याउँछ । अध्ययनको क्रममा एक वर्षको उमेरसम्म भिटामिन ‘डी’को अभाव भएका बच्चाहरूको बडीमास इन्डेक्स एकदेखि पाचँ वर्षबीच बढ्न थालेको देखिएको थियो ।

बडीमास इन्डेक्समा भएको वृद्धिले मोटोपनाको सङ्केत गर्छ । तर जन्मेपछि एक वर्ष पर्याप्त भिटामिन ‘डी’ पाएका बच्चाहरूमा १६ देखि १७ वर्षको उमेरसम्म रगतमा चिनीको स्तर, कोलेस्ट्रोल र ट्राइ-ग्लिसराइडको स्तर स्वस्थ पाइएको छ । जुन हृदररोगको जोखिमको मुख्य कारक हुन् । एजेन्सी




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.