add

पीएसजीमा मेसीको डेब्यु कहिले ?






ActPro Nepal

|

१ भदौ, २०७८

|
1395

काठमाडौं । हालसालै पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध भएका स्टार लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने भएका छन्। पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ। 

अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन्। ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन्। तर, मेस्सीले डेब्यु गर्ने मौका पाएका छैनन्।

मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ। पीएसजीले दुई खेलमा लगातार जीत निकालेको छ। मेस्सीले पीएसजीको टिमबाट मात्र तीन पटक प्रशिक्षण गरेको बताईएको छ। उनको फिटनेसमा समस्या देखिएको बताइएको छ। मेस्सीले प्रि–सिजनको तयारी समेत गर्न पाएका थिएनन्।

पिएसजीको आगामी तिन खेल तालिका (नेपाली समय)

ब्रेस्ट विरुद्ध पिएसजी (अगस्ट २१ शनिबार विहान १२ः४५ बजे (शुक्रबार मध्यराती)

राइम्स विरुद्ध पिएसजी अगस्ट ३० सोमबार विहान १२ः३० बजे (आइतबार मध्यरात)

पिएसजी विरुद्ध क्लेरमन्ट फुट – सेप्टेम्बर १२


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.