add

आगोले पोल्यो ? यसरी गर्नुहोस् घरेलु उपचार






ActPro Nepal

|

३२ साउन, २०७८

|
1360

काठमाडौं । हामी हरेक दिन खाना बनाउँछौँ, खान्छौँ र प्रायः सबैलाई आउँछ खाना बनाउन । तर कहिलेकाहीँ सानो लापरबाहीले पनि हामीलाई खाना बनाउँदै गर्दा पनि पोल्ने गर्छ ।

आगोको पोलाइ पीडादायी हुन्छ नै तर सजिलैसँग यसको समाधान गर्न पनि सकिन्छ ।

यस्तो छ घरेलु उपचारको तरिका

– अनारको पात पिनेर पोलेको ठाउमा लगाउनाले जलन कम भएर जान्छ ।

– पाकेको केरा पोलेको ठाउमा लगाउनाले पोल्न छोड्छ र फोका पनि हुदैन ।

– तारपिनको तेल र कपुर मिलाएर लगाउनाले तुरुन्त आराम हुन्छ ।

– काचो आलु वा गोलभेडा पिनेर लगाउनाले तुरुन्त आराम हुन्छ ।

– पोलेको ठाउँमा शुद्ध मह लगाउनाले पनि छिटै आराम हुन्छ ।

– बरको कलिलो पात पिनेर गाइको घ्यु मिसाएर लगाउनाले जलन शान्त भएर घाउ छिटो भरिन्छ ।

– पिपलको बोक्रा पिनेर लगाउदा पनि तुरुन्त आराम गर्छ ।

– घ्युकुमारी लगाउनाले पोलेको शान्त हुन्छ ।

– नुन पानीमा मिसाएर बाक्लो लेप बनाएर बनाएर लगाउनाले फोका हुँदैन र छिटो ठीक हुन्छ ।

– गाईको घ्युमा कपुर हालेर लगाउनाले छिटै निको हुन्छ । एजेन्सी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.