add

ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब बढ्यो, प्रतिशेयर आम्दानी कति ?






ActPro Nepal

|

३२ साउन, २०७८

|
667

काठमाडौं। ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्बबढीले बढेको छ । बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ४१.८७ प्रतिशत बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेर ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ, जगेडा कोष १२.१५ प्रतिशत बढेर ११ अर्ब ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र कर्जा २०.२६ प्रतिशत बढेर२ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैंकले उच्च ऋणका कारण १ अर्ब १८ करोड रुपैयाँ नोक्शानी ब्यवसथापन नै गर्नु परेको छ । बैंकको कस्ट अफ फण्ड ६.२१ प्रतिशतबाट ४.६६ प्रतिशतमा आएको छ । बैंकको आधार दर ८.४२ बाट ६.६ प्रतिशतमा झरेको छ ।

समिक्षा अवधिसम्म वितरण योग्य मुनाफा ५९.३८ प्रतिशत बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ, नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३८.०५ प्रतिशत बढेर ५ अर्ब ८६ करोड २० लाख ७१ हजार रुपैयाँ, र कुल सञ्चालन मुनाफा १५.४९ प्रतिशत बढेर ११ अर्ब ८१ करोड २४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.