add

सिद्धार्थ बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, वितरण योग्य नाफा कति ?






ActPro Nepal

|

३१ साउन, २०७८

|
758

काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफामा ३२.३१ प्रतिशतले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा ६९ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब १४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा झिनो गिरावट भए पनि संचालन नाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी ०.६२ प्रतिशतले घटेर ५ अर्ब ५३ करोडमा सीमित भएको छ । यस्तै, बैंकको संचालन नाफा ३०.५७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

१० अर्ब ९६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ३० करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ८० अर्ब निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २९.५९ प्रतिशत र कर्जा लगानी विस्तार २८.३० प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २१.९० रुपैयाँबाट बढेर २५.८७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८४.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.४८ गुणा, सीसीडी अनुपात ७७.४२ प्रतिशत, आधारदर ७.१६ प्रतिशत र स्प्रेडदर ३.७ प्रतिशत र खराब कर्जा १.१६ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.